कार्तिक ५, गाेरखा । शहिद लखन गाउँपालिका भित्र रहेका ९ वडाका असहाय, जेष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा रकम लिन याेग्य नागरिकहरुले बैँकबाट सामाजिक सुरक्षा भत्ता लिएका छन् ।
पालिका भित्र रहेका प्राइम कमर्सियल र ग्लाेवल आइएमइ बैँकबाट उनीहरुले पहिलाे चाैमासिककाे रकम लिएका हुन् । पालिकाकाे वडा नम्वर १ २ ३ ४ का नागरिकहरुले ग्लाेवल आइएमइ बैँक र ५ ६ ७ ८ ९ का नागरिकहरुले प्राइम कमर्सियल बैँकबाट काराेवार गरेका हुन् ।

यस अघि सामाजिक सुरक्षा समितिले पालिकालाइ सामाजिक सुरक्षा रकम बैँक मार्फत भुक्तानी गर्न आग्रह गरेकाे प्रशासकीय अधिकृत जीवन आले मगरले बताए ।
वडा नम्वर ६ काे अघिल्लाे आर्थिक वर्ष देखिनै बैँक मार्फत भुक्तानी सुरु भएकाे थियाे । पालिका भित्र रहेका रहेका झण्डै तीन हजार ६०० नागरिकहरुले सामाजिक सुरक्षा रकम लिएकाे एम. आइ. एस. अपरेटर साेम आले मगरले बताए ।
बैँकबाट रकम लिँन पाउँदा आफूलाइ खुशी लागेकाे शहीद लखन १ की ७४ वर्षिय जुनकिरि परियारले बताइन । सामाजिक सुरक्षा कार्यक्रममा सहभागि अधिकाँश नागरिकहरुले जीवनमै पहिलाे पटक बैँङ्किक काराेवार गरेकाे बताएका छन् । वडा कार्यालयबाट पट्टा लिएर गएपछि आफूले खाता खाेलिएकाे बैँकबाट चेक मार्फत भुक्तानी लिन सक्ने व्यवस्था रहेकाे बैँकले जनाएका छन ।
अधिकाँश नागरीकहरुले दशैँ अघि नै सामाजिक सुरक्षा रकम लिएका छन् । केही नागरिकहरुकाे भने नेपाल सरकारकाे नयाँ अख्तियारका कारण खाता सञ्चालन प्रक्रियामा रहेकाेले छिट्टै बैँकसँगकाे काराेवार हुने र रकम भुक्तानी गरिने काराेवारमा सम्लग्न दुइवटै बैकहरुले जनाएका छन् ।
बैँक मार्फत काराेवार गर्दा नगदकाे सुरक्षा, आफूले चाहेकाे समयमा झिक्न पाइने, इच्छाइएकाे व्यक्ति मार्फत पनि चेक साट्न पाइने भएपछि आफूलाइ खुशी लागेकाे ७३ वर्षिय टाेप बहादुर थापाले बताए ।






