गाेरखा । शिक्षक, विद्यार्थी तथा नेपालको बारेमा जान्न इच्छुक जो कोहीको निम्ति महत्त्वपूर्ण सन्दर्भ सामग्री `नेपाल परिचय´ आठाैँ संस्करण प्रकाशित भएको छ।
सूचना तथा प्रसारण विभागले नेपालको भौगोलिक परिचय, ऐतिहासिक रुपरेखा, संवैधानिक विकासक्रम, आर्थिक विकास , सामाजिक जीवन र संस्कृतिको बारेमा महत्त्वपूर्ण जानकारी समावेश भएको पुस्तक `नेपाल परिचय´ को आठाैँ संस्करण प्रकाशन गरेको छ ।
उक्त पुस्तकमा नेपालमा पूर्वाधार विकास, आमसञ्चार र पत्रकारिता, नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृस्टिकोणले महत्वपूर्ण स्थानको बारेमा विस्तृत रुपमा जानकारी दिइएको यो पुस्तक शिक्षक, विद्यार्थी, शिक्षाविद् लगायत आफ्नो देशको बारेमा जानकारी लिन चाहानेलाई पनि उपयोगी छ । नेपाल परिचय पुस्तक यहाँ क्लिक गरेर डाउनलाेड गर्न सकिन्छ ।






