गाेरखा । यस अघि अघिल्लाे साल काेराेना सङक्रमणका समय गाेरखा अस्पतालमा अन्य पुर्वाधार नहुँदा २५ वेड क्षमताकाे आइसाेलेन तयार गरी विरामीहरुकाे उपचार भएकाे थियाे । गाेरखा क्याम्पसमा ७० वेडकाे आइसाेलेशन रहेकाे थियाे ।
यस पटक दाेश्राे लहरमा धेरै विरामी देखिए पनि अस्पतालकाे व्यवस्थापन भने थाेरै अर्थात सात जना विरामीका लागि मात्र व्यवस्थापन भएकाले गोरखा अस्पतालको आइसोलेसन भरिएपछि बिरामीलाई टेन्ट र बेन्चमा राखेर उपचार गर्नुपरेकाे जनाएकाे छ ।
अस्पतालले वेडलाइ स्टाेर रुपमा थन्क्याएर सबै विरामीकाे उपचार नगर्ने मनसायका साथ अनर्गल प्रचार गर्दै आएकाे हाे । वेडहरु स्टाेर रुममा राखिएकाे छ, जसलाइ चाहिन्छ उसले आएर लगे हुन्छ निमित्त मेडिकल सुपरिटेन्डेन्ट शान्ति भुर्तेलले भनिन । स्राेत साधनले भ्याए सम्म काम गरिरहेकाे छु आराेपहरु धेरै लाग्छन कसरी काम गर्ने उनले प्रति प्रश्न गरीन ।
कसले के भन्याे के भइरहेकाे छ मलाइ थाहा छैन, भेन्टिलेटरमा राखेर काेराेना सङक्रमितकाे उपचार गाेरखा अस्पतालमा हुँदैन, हामीले अरु विरामी पनि हेर्नुपर्छ डाक्टर भुर्तेलकाे भनाइ छ ।






