Home Breaking News प्रधानमन्त्री ज्यू, मन्दिर होइन अस्पताल बनाउनुस : डा. भट्टराई

प्रधानमन्त्री ज्यू, मन्दिर होइन अस्पताल बनाउनुस : डा. भट्टराई

शुक्रबार, साउन ३०, २०७७
0
296

अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र ग्रहण गर्नुहुँदै अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्याल ।

गोरखा- नेपालका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले कोरोना संक्रमण फैलिदै गएका बेला सरकारका प्रधानमन्त्रीले अस्पताल बनाउनुपर्ने बताएका छन् ।

चितवनको अयोध्यामा राम मन्दिर नबनेकामा चिन्ता व्यक्त गर्दै अघिल्लो साता माडि नगरपालिकाका मेयर सहितको टोलीलाई बालुवाटार बोलाएर मन्दिर बनाउन प्रधानमन्त्री खड्ग प्रसाद ओलीले कडा निर्देशन दिएका थिए ।

गोरखा बजारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका नेता रहेका डा. भट्टराईले सो कुरा बताएका हुन् ।

‘देशमा कोरोना भाइरसको संक्रमण फैलदै जादा बिरामीको उपचारका लागि उपकरण नभएर उपचार नपाएका ,अस्पतालमा बेड नभएका, भेन्टिलेटर नभएका कारण मानिस मरिराखेका छन्, डा. भट्टराइले भने ‘तिनलाई राख्ने ठाउँ छैन, क्वारेन्टिनका निम्ति जति तयारी हुनुपर्थ्यो त्यो पनि छैन, आगामी दिनमा पनि कोरोना घट्ने नभई बढ्ने भएकाले त्यस्तो कुरालाई पहिलो प्राथामिकता दिनुपर्छ ।’

नेता भट्टराइले सरकारले कोरोना संक्रमणको बेला राममन्दिर र सवै कुरा छोडेर हस्पिटल निर्माण तर्फ लाग्नु पर्नेमा प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । ‘प्रधानमन्त्री तर्फ लक्षित गर्दै उनले भने ‘पहिलो कुरा उहाँले चिन्तन फर्नेपर्यो ।’बिश्वमा सवै भन्दा बढी संक्रमित मुलुकमा मध्ये तेस्रो स्थानमा रहेको भारतमा तिव्र गतिमा कोरोना संक्रमण बढ्दै गएको पाइएको भन्दै त्यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमाा पर्ने भएकाले बेलैमा सवै सर्तक हुनुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाई थियो ।

‘राज्यको सत्ता र सा्रेत साधान सरकारसंग भएकाले नागरिकहरुको सुरक्षाको गर्ने दायित्व उसैसंगै हुने नेता भट्टराईले बताए । उनले भने, हामीहरुले सरकारलाई सर्तक गराउने मात्र काम हो ।’

कोरोना संक्रमणका बेला सत्तारुढ पार्टी आफ्नै पाटी भित्रको बिबादमा अल्झिएर बसेको उनको आरोप छ ।

‘कोरोना घट्ने भन्दा बढ्ने अबस्थामा भएकोले सरकारले भरपर्दो माध्यमबाट कोरोना परीक्षणको दर बढाउनुपर्ने उनले बताए ।

डा. भट्टराईले चिनियाँ नागरिकहरुले उपलब्ध गराएको रगत जाँच्ने मेसिन गोरखा जिल्ला अस्पताललाई हस्तान्तरण समेत गरेका थिए ।

NO COMMENTS