भदाै ५ गाेरखा । भिमसेन थापा गाउँपालिका १ निवेल मसेलबाट चाेरेर ल्याएका दुईवटा खसी र खसीचाेर शक्तिचाेकबाट समातिएका छन् ।
करिव ४० केजीका दुइ खसी घरबाटै चाेरी भएपछि खसीका धनिया भगवान बानियाँले निगरानी गर्न सदरमुकाममा रहेका आफन्तलाई भनेका थिए ।
सदरमुकाम स्थित शक्तिचोकमा भगवानले भनेजस्तै खसी भेटिएपछि चोरी भएको खसी र चाेरीमा संलग्न गिराेहलाइ प्नहरीले नियन्त्रणमा लिएको हो । खसी सहित समातिएका तीनधारा बस्ने खेतमान गुरूङ र खसी जिल्ला प्रहरी कार्यालय गोरखामा रहेकाे छ ।