Home Breaking News सैनिक सम्मान सहित मृतक महिलाकाे लुदी र दराै‌दि दाेभानमा अन्त्यष्टि

सैनिक सम्मान सहित मृतक महिलाकाे लुदी र दराै‌दि दाेभानमा अन्त्यष्टि

आइतवार, भदौ २१, २०७७
0
146

गोरखा २१, भदौ ।

गोरखा अस्पतालका उपचारका क्रममा मृत्यु भएकी ७६ वर्षिय  कोरोना संक्रमित महिलाको दरौदी नदी र लुदी खोलाको दोभान सैनिक सम्मानका साथ अन्येष्टी गरिएकाे छ । आइबार बसेको जिल्ला स्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले गोनपा १२ मा शव व्यवस्थापन गर्ने निर्णय गरेको थियाे ।

फाइल फाेटाे

दिउँसो २ बजेर ३४ मिनेटमा गोरखा नगरपालिका वडा नम्बर १२ स्थित अवुवा घाटमा शव व्यवस्थापन गरिएको हो ।

जेसिविकाे बकेटमा राखेर शवलाइ व्यवस्थापनका लागि घाट तर्फ लगिदै । तस्वीर राजेन्द्र न्याैपाने

शव बयवस्थापनको नेपाली सेनाले गरेको थियो भने बाहिरी घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरी तथा संसस्त्र प्रहरीलाई दिएको थियो । अघिल्लाे  पटक शव ब्यबस्थापनमा स्थानीयको अवरोध भएपनि याे पटक कुनै अवराेध विना शवकाे व्यवस्थापन गरिएकाे सेनाले जनाएकाे छ ।

मृतकलाइ सैनिक सम्मान ।

नेपाल सरकारबाट जारी कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधी २०७६ बमोजिम अन्येष्टीका लागि परम्परागत रुपमा प्रयोग हुुदै आएको क्षेत्रमा मृतक महिलाको शव व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रसासन कार्यालय गोरखाले गरेकाे थियाे ।

सैनिकद्वारा सम्मान गरिदै ।

गाेरखा नगरपालिका वडा नम्बर ७ घर भएकी महिलाकाे शनिबार उपचारका क्रममा गाेरखा अस्पतालमा निधन भएकाे थियाे । आज विहान पिसिआर नतिजा पाेजेटिभ आएपछि कार्यविधि अनुसार शवकाे व्यवस्थापन गरीएकाे जिल्ला प्रशासन कार्यालय गाेरखाले जनाएकाे छ ।

 

NO COMMENTS