भीमसेन थापा गाउँपालिका–७ का पुरुषमा कोरोना पुष्टि

आइतवार, भदौ २१, २०७७
0
371
भदौ २१, गोरखा ।
भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा पहिलो पटक एक पूरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाण्डौ छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा बुवाको उपचार गराएका फर्किएका ठाँटीबजारका ४१ बर्षिय पूरुषमा आइतबार कोरोना भाइरस (कोभिड १९) को संक्रमणको पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले मनासलु डटकमलाइ जानकारी दिए ।
नेपाली सेनाका पुर्व सेना उनले छाउनी अस्पतालमै कोरोना परीक्षणका लागि स्वांब दिएका थिए । संक्रमित पुरुषसगै फर्किएका उनका बुवाको भने कोरोना परीक्षण भएकाे छैन ।
 बावुछोराभदौ १८ गते काठमाण्डौबाट एम्बुलेन्समा गोरखासम्म आएका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए । ‘उपचारका लागि काठमाण्डौ गएको जानकारी गराएका थिए, उनले भने , तर फर्किएको भने वडा कार्यालयलाई जानकारी समेत दिएका थिएनन्, शनिबार मात्र आएको थाहा पाएर म आफै घरमा गएर क्वारेन्टिनमा बसे नबसेको जानकारी लिएको थिए ।’ ति पूरुषमा संक्रमणको पुष्टी भएपछि परिवारका अन्य सदस्यहरुलाई समेत तत्काल क्वारेन्टिनमा रहन आग्रह गरिएको बार्लाङका स्वास्थकर्मी प्रितम श्रेष्ठले बताए ।
संक्रमितको सम्पर्कमा रहेका परिवारका सदस्य सहित अन्यको कन्ट्रयाक्ट ट्रेसिङको तयारी समेत भइरहेको  छ । संक्रमित व्यक्तिलाई भने सदरमुकाम स्थित आइसोलेसनमा पठाउने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here