तनहुँ, भाद्र २६
तनहूँमा आज मात्रै १३ जना काेराेना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज बिहान ११ बजे निकालेकाे सुचनामा तनहुँकाे भानुमा का ५ जना सशत्र प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । त्यस्तैगरी भानुकै वडा नम्बर १ का १ पुरुष र १ महिलामा र वडा न ६ का २ पुरुष र १ महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । साथै बिहान ९:५० बजे निकालेकाे सुचनामा तनहूँकै शुक्लागण्डकी नगरपालिका वडा न ५ का १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य निर्देशनालयले आज दिउसाे १ः४० बजे निकालेकाे सुचनामा तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का १ पुरूष र भिमाद नगरपालिका वडा नम्बर ६ का १जना महिलामा काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । भानुका ५ जना सशत्र प्रहरीमा कार्यरत हुनुहुन्छ भने अन्य सबै व्यक्तिहरु contact tracing बाट पहिचान हुनुभएको हाे|सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
बिहान ११ः०० बजे निकालेको पूरा विवरण हेर्नुहोस्