Home Breaking News गाेरखामा ३३ वर्षिय युवा मृत भेटिए

गाेरखामा ३३ वर्षिय युवा मृत भेटिए

आइतवार, भदौ २८, २०७७
0
163

भदाै २८,गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिका–८ भदुवारथोकका एक युवकको शव फेला परेको छ । गएको ३ दिनदेखि घरबाट निस्किएर हिडेका स्थानीयबासी गोरे दमाई भनिने ३३ बर्षका उमेश परियारको शव घर नजिकै पर्ने सिमलकुवा भन्ने ठाउँमा भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनि २६ गतेराती ११ बजेघरबाट निस्किएर हिडेको परिवारको भनाई उदृत गर्दै स्थानीबासी बिपिन श्रेष्ठले जानकारी दिए । ‘हराएदेखि नै सवैतिर युवकको खोजी भइरहेको थियो, उनले भने, तर फेला पार्न सकिएको थिएन् आज बिहान एक्कासी घर नजिकैको सिमलकुवाको नजिकै भीरमा उनको शव फेला परेको हो ।’

शव निक्कै अफ्ट्यारो ठाउँमा रहेकाले निकाल्न समेत गाह्रो परेको स्थानीयको भनाई छ ।

NO COMMENTS