Home Breaking News गाेरखामा एक महिनादेखि जारी निषेधाज्ञा असाेज १ गतेदेखि हट्ने

गाेरखामा एक महिनादेखि जारी निषेधाज्ञा असाेज १ गतेदेखि हट्ने

बुधबार, भदौ ३१, २०७७
0
177

गाेरखा । कोरोना भाइरस (कोभिड -१९) रोकथाम नियन्त्रण र न्यनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको आज बसेको बैठकले असोज १ गतेदेखि गोरखा नगरपालिका सहित जिल्लाभर लगाइएको निधेषाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञा हटाए पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई भने कडाईका साथ पालना गराउने निर्णय भएको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए ।

त्यस्तै सिमा नाकाबाट जिल्ला प्रवेश गर्ने सवारी साधन सहित सवै मानिसको अनिबार्य अभिलेख राख्ने, व्युटि पार्लर, सैलुन, फिल्म हल, कर्भड हल, जिमखाना बाहेका अन्य पसलहरु सञ्चालन गर्ने, बैंक तथा बित्तिय संस्थाहरुमा कार्यबोझका आधारमा योजना तर्जुमा गरि जिल्ला प्रसासन कार्यालयलाई जानकारी गराई कार्य सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए ।

बैठकले जिल्ला भित्र नीजि सवारी साधन सञ्चालन गर्न दिने तथा जिल्ला भित्रका आवागमनलाई सहज बनाउने तथा बाहिरी र ठूला केन्द्रसम्म यातायात सञ्चालन गर्दा नेपाल सरकारले गरेको निर्णय अनुसार गर्ने हुने जनाएको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहका हकमा कार्यलयहरुले कार्य योजना बनाई लागू गर्ने जनाइएको छ ।

जिल्ला भित्र निषेधाज्ञा खुकुलो भएसंगै उद्योग, व्यवसाय, पसल, कलकारखना सञ्चालनमा ल्याउदा सरकारले तोकेको सुरक्षा मापदण्ड अन्र्तगत अनिबार्य रुपमा मास्क पन्जा, स्यानिटाइजर, प्रयोग गर्नुपर्ने उल्लेख छ । बैठकले पसलमा आउन ग्राहक वा सेवाग्राहीले मास्क नलगाइए आएमा व्यवसायीले त्यसको उचित व्यवस्थापन गर्ने, यातायात सञ्चालन गर्ने व्यवसायीहरुले सवारी साधनलाई संक्रमण मुक्त गराउने तथा चालक, सहचालकले अनिबार्य रुपमा मास्क लगाउने, यात्रुले मास्क, पन्जा लगाए नलगाएको हेर्ने, सवै सबारी साधनमा अनिबार्य सेनिटाइजर प्रयोग गर्नुपर्नेमा निर्णय भएको प्रशासकिय अधिकृत रोकाले बताए ।

लामो दुरीमा सवारी साधन सञ्चालन भएमा जिल्ला भित्रने तथा बाहिरिने यात्रुको अनिबार्य पूर्ण बिबरण राखि सम्बन्धित पालिका वा प्रहरी प्रशासनमा उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । त्यस्तै कुनै टोल वा बस्तीमा कोरोना संक्रमण भेटिए सो बाट हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै जोखिम न्यनिकरणका लागि चार किल्ला तोकी स्थानीयतहले नै स्थानीय प्रसासनलाई जानकारी गराई संक्रमण क्षेत्र घोषणा गर्ने निर्णय बैठकले गरेको उनकाे भनाइ छ ।

NO COMMENTS