अछामबाट दुर्गा मन्दिरकाे गजल

बुधबार, भदौ ३१, २०७७
0
247

उसले त अधुरो सपना दिएर गयो ।
कहिलै नमेटिने तृसना दिएर गयो ।

म त यसै पिडित थिए झन पीडा थपेर
जीवन भरिलाई यातना दिएर गयो ।

त्यसैले याद गरिरहन्छु म सधैभरि
केही पलको मीठो सम्झना दिएर गयो

जीवन हासि खुसि चलाउनु भनी उसले
किन मलाइनै शुभकामना दिएर गयो ।

अचानक एकदिन यसरी प्रस्तुत भयो
धड्कनले मुटुलाई सुचना दिएर गयो ।

दुर्गा मन्दिर ,अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here