Home Breaking News गाेरखामा दुइ सहित गण्डकीमा थपिए २३ जना काेराेना सङ्क्रमित

गाेरखामा दुइ सहित गण्डकीमा थपिए २३ जना काेराेना सङ्क्रमित

बिहिबार, असाेज १, २०७७
0
198

असाेज १ गाेरखा  । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकीले आज प्रकाशित गरेकाे विज्ञप्तीमा गाेरखाकाका २ जना सहित २३ जना काेराेना सङ्क्रमितहरु थपिएका छन् । क्षयराेग उपचार केन्द्र पाेखरा, चितवन मेडिकल कलेज चितवन मा गरिएकाे परीक्षणमा उक्त नतिजा आएकाे हाे ।

गाेरखाकाे अजिरकाेट गाउँपालिका वडा नम्बर ३ भच्चेक बजारका ३० वर्षिय महिलामा काेराेना देखिएकाे हाे । महिला व्यावसायी हुन् । उनीबाट अन्यमा पनि सरेकाे हुनसक्ने अनुमान गरी कन्ट्याक्ट ट्रेसिङका लागि भच्चेक बजार शिल गर्ने तयारी भएकाे छ ।

अर्का सङक्रमित बारपाकसुलिकाेट गाउँपालिका वडा नम्बर ३ का ५३ वर्षिय पुरुष रहेका छन् ।

हेर्नुहाेस विज्ञप्ती

NO COMMENTS