Home Breaking News पालुङटारमा मल माथि कालाेबजारी, मेयर र वडा अध्यक्षलाइ पनि ठग्याे सहकारीले

पालुङटारमा मल माथि कालाेबजारी, मेयर र वडा अध्यक्षलाइ पनि ठग्याे सहकारीले

सोमवार, असाेज ५, २०७७
0
377

गाेरखा । जिल्लाकाे पालुङटार  नगरपालिकामा मल काराेवारमा कालाे बजारी भएकाे प्रमाणहरु मनासलु डटकमलाइ जुटेकाे छ । पालुङटार नगरपालिकामा रहेको उज्वल कृषि सहकारी संस्थाले कृषि मलमा कालो बजारी गरेको पाइएको हाे । साल्ट ट्रेडिङ कर्परेसन लिमिटेड नारायणघाटबाट नगरपालिकाले ढुवानी गरेर ल्याइदिएको मल प्रतिबोरा ७ सय ६५ रुपैयामा मल समेत किसानहरुलाई भने प्रतिबोरा ११ सय रुपैया बिक्रि गरेको हो ।

खरिद विल

उक्त सहकारीबाट सोही वडाका वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ आफै ठगिएका छन् । उनले समेत उत्त सहकारीबाट मल खरिद गर्दा १ बोरा युरिया मलको ११ सय रुपैया भुक्तानी गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर–५ ले किसानहरुसंग चर्को मूल्य लिएर मल बिक्रि गरेको घटना सार्वजनिक भएसँगै च्याङलीमा रहेको उज्वल सहकारीको कालो बजारी क्रियाकलाप बाहिर आएको हो ।

स्थानीय तहले निर्धारण गरेको मूल्यमा सहकारीले मल बिक्रि गर्नुपर्ने भएपनि उक्त सहकारीले आफु खुशी निर्णय गरि किसानलाई मल बिक्रि गरेको सहकारी संस्थाका कोषाध्यक्ष रमेशप्रसाद अधिकारीले बताए ।

‘हामीले ११ सय रुपैया प्रति बोराका दरले बिक्रि गरेको हो, उनले भने, सवै खर्च कटाएर बिक्रि गर्दा उत्त मूल्य उपयुक्त हुने भएकाले समितिले निर्णय गरेर बिक्रि गरेका हौ ।’ तर गोरखा जिल्लामा रासायिक मलको मूल्य निर्धारण गर्ने काम स्थानीय तहलाई दिइएको छ । सहकारीले महंगो बिक्रि गरेको मलको विल पालुङटार नगरपालिकाले मलको मूल्य निर्धारण गरेको बारेमा आफुहरुलाई कुनै जानकारी नभएको कोषाध्यक्ष अधिकारीले बताए ।

उक्त सरकारीमा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेल समेत शेयर लगानी रहेको पाइएको छ । आफै संलग्न सहकारीलाई नगरपालिकाले ढुवानी अनुदान दिएको र सोही सहकारीले किसानलाई चर्को मूल्यमा मल बिक्रि गर्दा समेत नगरपालिकाले सुने नसुने जस्तो जस्तो गरेको किसानहरुले गनुासो गरेका छन् ।

यता वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले सहकारीले चर्को मूल्यमा किसानलाई मल बिक्रि गरेको प्रमाण सहित नगरपालिकाको कार्यापालिकाको बैठकमा कुरा उठाएको बताए। ‘उपमयेर अुनगमन समितिको संयोजक हो, नगरप्रमुखलाई पनि यसको जानकारी छ, उनले भने । मैले त के नै गर्ने होर केही हुदैन ।

‘नगरपालिकाले समयमा मूल्य निर्धारण नगर्दा पालिका भित्र मलको कालो बजारी बढ्दै गएको छ तर नगरपालिकाको ध्यान त्यस तर्फ पुगेको छैन । सहकारीले खरिद गरेर ल्याएको मूल्य मल बिक्रि तथा ढुवानीका लागि बनेको निर्देशिका अनुसार जिल्लामा मल ढुवानी तथा बिक्रि गर्दा बिक्रेताले खरिद गरेर ल्याएको स्थानबाट बिक्रिका लागि सम्बन्धित स्थानीय तहसम्म ल्याई पुर्याउदा लाग्ने ढुवानी खर्च तथा लोड अनलोड बाहेक प्रतिकेजी अधिकतम १ रुपैया व्यवस्थापन बापत बढी शुल्क राखेर मात्र बिक्रि गर्न पाउने कार्यबिधि रहेको छ ।

 

उनलेआफु पनि उक्त सहकारीमा शेयर लगानी भएको स्विकार गर्दै निर्णय गर्ने ठाउँमा आफु नरहेको बताए । ‘सहकारीको मेम्बर त म हो तर म त्यसको निर्णयकर्ता त होइनन नि, उनले भने,  ।’ उहाँले आफु त्यही सहकारीको सदस्य भएपनि आफुले पनि त्यही मूल्यमा मल किनेको बताए ।’ आफुले अर्को सहकारीले १ हजार ५० सम्ममा बिक्रि गरेकाले त्यतिसम्ममा बिक्रि गर्न हुन्छ भन्ने लागेको उनले बताए ।

विक्रि विल

गाेरखाकी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डे गोरखा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले सहकारीले किसानलाई मल बिक्रिमा कालो बजारी गरेको पाइए कानुन बमोजिम कारवाही गरिने बताइन । ‘कसैलाई पनि कालोबजारी गर्न छुट हुदैन मल खरिद र बिक्रिको बास्तबिक अबस्था के हो, छानविन गरि दोसी पाइए कारवाही गछौ ।’ उनले भनिन।

कृषिशाखा प्रमुख श्रेष्ठ नगरपालिका कृषि शाखाका प्रमुख छन्दकुमार श्रेष्ठले अनुदानको मलका लागि याे   हामीले यो बर्ष कुनै पनि सहकारी संस्थालाई कृषि मलमा ढुवानी अनुदान दिएका छैनौ । उज्वल सहकारीलाई संस्थालाई नगरपालिकाबाट ट्याक्टर पठाएर मल ल्याएको कुरा सहकारीले स्विकार गरिसकेको छ नी भन्ने प्रश्नमा श्रेष्ठले एक पटक पठाएको हो तर यो कुरा मेयर सापलाई सोध्नुस् मलाई थाहा छैन । उहाँले आफु कृषि शाखाको प्रमुख भएपनि यस बारे थाहा नभएको बताए ।

NO COMMENTS