चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका– ६ स्थित चार किलोमा गएराति पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार गएराति लेदोसहित पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो।
पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सुचारु भएको थियो।
केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी छ।