Home Breaking News गण्डकीकाे केन्द्र विवाद कायमै, नीति तथा कार्यक्रम स्विकृत भएन

गण्डकीकाे केन्द्र विवाद कायमै, नीति तथा कार्यक्रम स्विकृत भएन

मङ्लबार, असाेज १३, २०७७
0
245

असोज १३, गोरखा ।

गाऊँपालिकाको केन्द्र भूम्लीचोकको बनटारमा कायम गर्ने प्रस्तावमा पनि दुई तिहाई बहुमत जुट्न नसके पछि विवाद कायमै रहेकाे  कार्यपालिकाका सदस्य तुलसी रेग्मीले बताए  । सभामा निर्णयार्थ प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको विपक्षमा २५ मत र पक्षमा १८ मत परेको थियो ।

नीति तथा कार्यक्रमको बुँदा नम्वर २ मा चालु आर्थिक वर्ष गाऊँपालिकाको प्रशासकीय भवन बनाउने प्रस्ताव गरिएको थियो । गण्डकी गाऊँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अस्विकृत भएको छ । मंगलवार बसेको गाऊँसभामा पालिकाले पेश गरेको नीति तथा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जनप्रतिनिधिहरुले असहमति जनाएका थिए ।

वनटार केन्द्र राख्ने प्रस्तावको पक्षमा २१ र विपक्षमा २२ मत परेको थियो । नेकपाकै ४ जना जनप्रतिनिधिले वनटार केन्द्र राख्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । गाऊँसभाले विभिन्न विधेयक भने सर्वसम्मत रुपमा पारित गरेको छ ।

नीति तथा कार्यक्रम अस्विकृत भएपछि गाऊँसभामा चालु आर्थिक वर्षको वजेट प्रस्तुत गर्ने विषय पनि अन्यौलमा परेको छ । बुधवार बिहान कार्यपालिकाको बैठक बसेर विवादित विषयहरुमा सहमतिको प्रयास गर्ने जनप्रतिनिधिहरुले जनाएका छन् ।

मंगलवारको गाऊँसभा स्थगित भएको र बुधवार दिउँसो फेरि गाऊँसभा हुने गण्डकी गाऊँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताइन ।

NO COMMENTS