Home Breaking News गर्भवती महिला माथि रातकाे समयमा छुरा हानेकाे आश‌ङ्कामा केही व्यक्ति पक्राउ

गर्भवती महिला माथि रातकाे समयमा छुरा हानेकाे आश‌ङ्कामा केही व्यक्ति पक्राउ

आइतवार, असाेज १८, २०७७
0
344

असाेज १८ गाेरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा गएराती सुतिरहेकाे स्थानमा महिला माथि छुरा हानेकाे आराेपमा केही व्यक्तिहरु पक्राउ परेका छन् । घटनामा सँलग्न भएकाे आराेपमा उनीहरु माथि अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिए ।

छुरा प्रहारबाट घाइते भएकी महिलाकाे गाेरखा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकाे छ ।  चौतारा स्थित भगवती माध्यामिक बिधालय नजिककै पसल सञ्चालन गर्दै आएकी २५ बर्षिय सन्जु भट्ट अज्ञात व्यक्तिको छुरा प्रहारबाट गम्भीर घाइते भएकी हुन । घाइते भट्टको ढाड र कम्मरमा २ ठाउँमा छुरा प्रहारबाट गम्भीर चोट लागेको वडाध्यक्ष मदन श्रेष्ठले बताए  ।

घाइते महिला गर्भवती समेत रहेकाे परिवार उनका श्रीमान बिराज भट्टले  बताएका छन्  ।‘गएरतीको करिब साढे ११ बजेको समयमा सुतिरहेका बेला अज्ञात व्यक्ति कोठामा पसेर महिला माथि छुरा प्रहार भएको हो, गरगहना लुटपाट गर्ने उद्देस्यले आएको र महिलाले चिच्चाएपछि छुरा प्रहार गरेर ति व्यक्ति भागेको रहेछ ’ घाइतेको भनाई उदृत गर्दै वडाध्यक्ष श्रेष्ठले भने ।

‘कोठामा महिला र उहाँकी ४ बर्षकी छोरी संगै सुतेका रहेका रहेछन्, ‘सुतेका बेला कोठा भित्र कोही हाम्फालेको आवाज आएपछि महिलाले उठेर लाईट बाल्ने क्रममा उहाँ माथि छुरा प्रहार भएको हो ।’ घाइते महिलाकी श्रीमान बिराज भट्ट भने गएराती पुरानो घरमा सुतेका थिए । पसलघरमा सन्जु, उनकी ४ बर्षकी छोरी र बृद्ध ससुरा सुतेका थिए ।

घटना लगत्तै इलाका आरुघाट प्रहरी कार्यालय र ध्याम्पेसाल प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर शकास्पद व्यक्तिको खोजी गरेको भएपनि घटनामा संलग्नको पहिचान हुन भने सकेको छैन ।

NO COMMENTS