Home शिक्षा दुइ वर्ष अघि देखि ढाेका बन्द विद्यालयमा विद्यार्थी भरिए

दुइ वर्ष अघि देखि ढाेका बन्द विद्यालयमा विद्यार्थी भरिए

बुधबार, असाेज २१, २०७७
0
172

विद्यालयलाइ शैक्षिक सामग्री प्रदान गर्दै शहिदलखन वडा नम्वर ७ का वडा अध्यक्ष शरण श्रेष्ठ ।

असाेज २१ गाेरखा । २०७५ सालमा वैशाख महिनामा भर्ना खुल्दा एक जना मात्रै पनि विद्यार्थी विद्यालयमा नआएपछि बन्द रहेकाे शहिद लखन  गाउँपालिका वडा नम्बर ७ बुङकोट स्थित मकैपूर आधारभूत विद्यालयमा विद्यार्थी भरिन थालेका छन् ।

शहिदलखन गाउँ कार्यपालिकाको बैठकले बन्द विद्यालय चालु वर्षदेखि संचालन गर्ने निर्णय गरेसँगै विद्यालय पुन संचालनमा आएको हो । गाउँपालिकाले स्थायी दरबन्दी तोकेर एक जना शिक्षक पनि पठाएको छ । केही दिन अघि मात्रै खुलेकाे उक्त विद्यालयमा आजका मितिसम्म बाल कक्षामा ८ जना, कक्षा १ मा १२ जना र २ मा चार जना विद्यार्थी भर्ना भईसकेका छन् ।

शिक्षकले निरन्तर  सिकाई सहजिकरण गरिरहेका छन् । ‘गाउँ नजिकैको विद्यालय बन्द हुने अवस्था आएपछि स्थानीयको सक्रियतामा पुन सञ्चालन गरेका हौँ’ वडा अध्यक्ष शरण श्रेष्ठले भने ।

निजी विद्यालयमा पढ्ने विद्यार्थी र गाउँबाट टाढाको विद्यालय जाने बालवालिका अब नजिकैको विद्यालय पढ्नेछन् । विद्यालय संचालनका लागि वडा कार्यालयले बिभिन्न ब्यक्ति, संघ संस्था सँग समन्वय गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताए । काेराेना सङ्क्रमणका कारण गाउँ फर्कनेहरुकाे स‌ँख्या बढेपछि गाउँका विद्यालयमा विद्यार्थी सँख्या बढीरहेकाे शहिद लखन गाउँपालिका स्थित शिक्षाा शाखाले जनाएकाे छ ।

 

NO COMMENTS