Home Breaking News फेसबुक अभियानबाट सङ्कलन भएकाे रकम अस्पतालमा पुगेर हस्तान्तरण

फेसबुक अभियानबाट सङ्कलन भएकाे रकम अस्पतालमा पुगेर हस्तान्तरण

शनिबार, असाेज २४, २०७७
0
228

असाेज २४ गाेरखा ।  दुवै मृगौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० बर्षिया शर्मिला परियारको उपचारका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत सङ्कलन गरिएकाे २ लाख  ३७ हजार १८४ रुपैया अस्पताल पुगेर हस्तान्तरण गरिएकाे छ ।

आर्थिक अभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार बचाउँ अभियान’ नै सञ्चालन गरि सामाजिक सञ्जाल मार्फत रकम जम्मा गरि पिडित परिवारलाई प्रदान गरिएको हो ।

सङ्कलित रकम सामाजिक अभियान्ता बालकृष्ण परियारले काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पुगेर शुक्रबार बिरामीका श्रीमान कृष्णबहादुर परियारलाई प्रदान गरेका हुन ।

जापान, साउदी अरेबिया र मलेसियामा लगायतका देशमा रहेका साथीहरुबाट करिब ७० हजार सहयोग जुटाएको र बाँकी रकम नेपाल भित्रबाट जुटाएको बताए। ‘सहयोगी मनहरुले जसले जतिसक्नु भयो उती नै सहयोग गर्नुभयो, अभियान्ता परियारले भन्नुभयो, जसरी पनि पिडितको उपचारका लागि मैले खर्च जुटाउनुपर्छ भन्ने मनैदेखि लागेर सहयोग जुटाउन थालेको थिए ।’

४० वर्षिय परियारको उपचारमा अहिलेसम्मका करिब १० लाख रुपैया भन्दा बढी खर्च भईसकेको पिडितका श्रीमान कृष्णबहादुर परियारले बताए ।

यस अघि एउटा ट्याक्सी किनेर चलाएर परिवार पाल्दै आएका कृष्णबहादुरले  श्रीमतीको उपचारमा समस्या परेपछि  बेचेर उपचार खर्च जुटाएका थिए । आफुसंग कुनै उपाय नभएपछि सहयोगीहरुले जुटाइदिएको रकमले अहिले श्रीमतीका लागि उपचार खर्च टार्दै आएको उनले बताए ।

 

NO COMMENTS