असोज २४, गोरखा । शहिदलखन गाउँपालिका गाेरखाले चालु आर्थिक वर्षमा विनियाेजित लाेककल्याणकारी कार्यक्रम अन्तर्गतकाे कार्यक्रममा भित्र रहेर गाेरखामा सक्रिय सामाजिक संघ संस्थालाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
पालिकाले नेपाल रेडक्रस सोसाईटी गोरखा शाखालाई एक लाख ५० हजार, मानवसेवा आश्रम गोरखालाई एक लाख र गोरक्षनाथ वैदिक गुरुकुल गोरखालाई ५० हजार रुपैयाँ सहयोग गरेकाे हाे ।
मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले सहयोग रकमको चेक सम्बन्धित संस्थाका प्रतिनिधीलाई हस्तान्तरण गरेका छन् ।
सेवामा गर्ने सँस्थाहरुलाइ पालिकाकाे बैठकबाट सर्वसम्मत निर्णय भइ सेवा गरिएकाे उनले बताए । सकरात्मक काम गर्ने सँस्थाहरुलाइ सानाे सहयाेग गरिएकाे बताउँदै आगामि दिनमा पनि सहयाेग जारी राखिने उनले बताए । कार्यक्रममा गुरुकुलका सँस्थापक सदस्य माेहनलाल श्रेष्ठ, मानवसेवा आश्रमकी मुना लामा, नेपाल रेडक्रस साेसाइटीका गाेरखा शाखा समापति भगवानबाबु मास्के, शहिदलखन गाउँपालिका प्रशासकीय अधिकृत जीवन आले मगर,वडा नम्बर ७ का सदस्य शरण श्रेष्ठ, नेपाल पत्रकार महासँघ गाेरखाका सचिव नरहरी सापकाेटा लगायतले मन्तव्य राखेका थिए ।