असाेज २७, पाेखरा । आज विहानै एउटा अपत्यारिलाे सत्य खबर प्राप्त भएकाे छ । नेपालकाे कानून अनुसार विवाह हुन २० वर्ष पूरा भएको हुनुपर्छ । यसो भनिरहँदा अर्को प्रश्न मनमा आईहाल्छ अनि आमा बन्न ? पक्कैपनि आमा बन्न विवाह गर्ने उमेर भन्दा झनै बढि नै हुनुपर्ला नि ! पाेखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा आज विहानै १३ वर्षिय बालिकाले ३.५ किलाेग्राम ताैल भएकाे बालकलाइ जन्म दिएकी छन् ।
पहिले चिकित्कहरुले अपरेशन गर्नुपर्ने पनि हुनसक्ने भनेका थिए तर उनले नर्मल डेलीभरीमै बच्चा जन्माईन् । बच्चा र ती किशोरीको अवस्था सामान्य रहेको अस्पतालको प्रसुति विभागले जनाएको छ ।
बालिकाको घर स्याङ्जा हो । पेटमा गर्भ रहेको जानकारी भएपछि बालिकाकी आमाले अस्पताल लगेको र अस्पतालले महिला बालबालिका सेवा केन्द्रमा पठाईदियो । त्यसपछि सेवा केन्द्र मार्फत ती बालिका पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा विगत ४ महिनादेखि बस्दै आएकी थिईन् ।
बालिका १२ वर्षकै उमेरमा एक १९ वर्षीय यूवकको प्रेममा थिईन् । प्रेममै रहेका बखत दुबैजनाबीच सहमतिमै यौन सम्पर्क भएकाे थियाे । नेपालको कानूनअनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै यौन सम्पर्क गरेपनि बलात्कार भएको ठहर्छ । ती बालिकालाई करणी गर्ने युवक भने अहिले स्याङ्जास्थित कारागारमा रहेका छन ।