Home Breaking News प्रहरीले ल्यायाे चाडपर्व लक्षित सुरक्षा योजना

प्रहरीले ल्यायाे चाडपर्व लक्षित सुरक्षा योजना

बुधबार, असाेज २८, २०७७
0
240

असोज २८, गोरखा । चाडपर्वलाइ ध्यानमा राखि  गोरखाकाे प्रहरीले जिल्लामा  सुरक्षा योजना बनाएकाे छ  । चाडपर्वका बेला आपराधिक घटना तथा दुर्घटना हुन नदिई शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना ल्याईएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

नागरिकका सेवा तथा सुरक्षाको लागि शंकास्पद गतिविधि देखेमा तथा सुरक्षामा अप्ठेरो महसुस भएमा जिल्ला प्रहरी कार्यालय गोरखाको हट नम्वर १०० मा २४ सै घण्टा सूचना दिन सबै नागरिकहरुलाइ गाेरखा प्रहरीले अनुरोध गरेको छ ।

विशेष सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरी सहित ४ सय ९३ प्रहरी जिल्लामा परिचालन गरिएकाे छ। चाडपर्बको बेलामा बैंक तथा वित्तिय संस्था, महत्वपुर्ण प्रतिष्ठान,सुन चाँदी पसल, बढी भिडभाड हुने स्थानहरूमा प्रहरी परिचालन गरिने गुरुङले बताए ।

दशैँ तिहार लगायतका चाडपर्वकाे माैका पारी महँङ्गाेमा समान विक्री गर्ने, सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरूसँग बढी भाडा लिने, काेचाकाेच यात्रु राख्ने गरेमा कारवाही गरिने उनले बताए ।

चाडपर्ब भन्दै मादक पदार्थ सेवन  गर्ने, जुवातास खेल्ने खेलाउनेलाइ   कानुन वमोजिम कारवाही गरिने गुरुङकाे भनाइ छ ।

 

NO COMMENTS