Home समाचार नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन

नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन

बुधबार, असाेज २८, २०७७
0
432

 असोज २८, गाेरखा । नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन भएका छन् । गोरखा सदरमुकाममा बुधबार भएको भेलाले आले मगरको अध्यक्षतामा ११ सदस्यिय  गोरखा जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन गरेकाे हाे।

भेलाले संघको उपाध्यक्षमा सकुन थापा मगर, राजेन्द्र बयलकोटी, सचिवमा रिजन बि.क र कोषाध्यक्षमा अनिष अर्याल चयन गरेको छ । नवगठित समितिको सदस्यहरुमा साबित्रा थापा, सन्तोष गुरुङ, हितमान तामाङ, सुवाष कुमाल, बिक्रम गुरुङ रेहका छन् ।

भेलालाइ सम्बाेधन गर्दै नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघकाअध्यक्ष काली बहादुर घर्तीमगरले विभिन्न जिल्लाहरुमा समिती गठन संगै गोरखा जिल्लामा पनि यसको बिस्तार गरिएको बताए ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारालाई आत्मसाथ गर्दै चेतना,जागरण, शिक्षा,उत्पादन, व्यवसायी र रोजगारीलाई जोड्दै समाज परिवर्तन विकास र समृद्धिलाई हाप्किडो खेल अगाडी बढाउने आफुहरुको प्रत्यन्न रहेको उनले बताए ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर को अध्यक्षतामा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला सचिवालय सदस्य सानुमाया बस्नेत, गोरखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुदिप नगरकोटी, शान्तासिंह बस्नेत, अनेरास्ववियू गोरखा जिल्ला संयोजक सन्जिव थापामगर, नेपाल मार्शल हाप्किडो संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरी लगायतको सहभागिता रहेको थियो ।

NO COMMENTS