कार्तिक ०२ , गाेरखा । लियो क्लब अफ गोरखाले मानवसेवा आश्रममा खाद्यान्न प्रदान गरेकाे छ । क्ववका मिडिया कोडीनेटर लियो सन्दिप सुनारकाे सहयाेगमा मानव सेवा आश्रम लागि सामाग्रि हस्तान्तरण गरिएकाे हाे ।
मानव सेवा आश्रमको परिसरमा पुगेर लियो क्वलबका अध्यक्ष लियो गंगा श्रेष्ठ , सचिव लियो अनुका आले मगर , कोषाध्क्ष लियो मिलन उपरकोटी र अन्य लियो सदस्य सहितको टोली विहानै आश्रम पुगेर खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष लियो गँगा श्रेष्ठले जानकारी दिएकी छन् ।
बडा दशै तथा शुभ दिपावलीको अवसर पारेर आश्रमको आवश्यक्ता अनुसार सामाग्री हस्तान्तरण गरिएको हाे । खाद्यन्न सामाग्रीमा दैनिकी आवश्यक पर्ने तेल , दाल , सावुन लगायतको सामाग्री रहेकाे थियाे ।