कार्तिक ५, गोरखा । भीमसेन थापा गाउँपालिकाबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको ना ३ त ६५२१ काे ट्याक्टर झिंगटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका स्थानीय सुरजीत भट्टराइले बताए ।
बेलुका करिब ८ :३० बजे भिमसेन थापा गाउँपालिका ६ को झिंगटे नजिकै दुर्घटना भएको हाे । ट्याक्टर सडकबाट ३०० मिटर तल पुगेकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाइ उद्धार गरी स्थानीयहरुले गाेरखा अस्पताल पठााएका थिए । घाइतेहरुकाे अहिले गाेरखा अस्पतालमा उपचार भैरहेकाे छ ।
गाेरखा आरुघाट सडक खण्डमा पर्ने उक्त खण्डकाे सडक माथिकाे भाग गाेरखा नगरपालिका १ र तल्लाे भाग भीमसेन थापा गाउँपालिका ६ मा पर्दछ । ट्याक्टर राेडबाट भीरमा खसेकाे थियाे ।