Home Breaking News पालुङ्टारमा माेटरसाइकल दु्र्घटना हुँदा चार जना गम्भीर घाइते

पालुङ्टारमा माेटरसाइकल दु्र्घटना हुँदा चार जना गम्भीर घाइते

सोमवार, कार्तिक १०, २०७७
0
232

कात्तिक १०, पालुङटार । पालुङटार नगरपालिका वडा नम्बर ५ ठाँटिपोखरी चोकमा दुई माेटरसाइकल एकआपसमा ठोकिदाँ ४ जना घाइते भएका छन् ।

पालुङटार नगरपालिका वडा नम्बर ३ सिउडेनिबाट ठाँटिपोखरी आउँदै गरेको बा ६३ प ५१०६ नम्बरको बाईक र बिपरित दिशाबाट जाँदै गरेको बा ६७ प ९१९७ नम्बरको बाईक एकआपसमा ठोकिदाँ पालुङटार नगरपालिका वडा नम्बर १ का बर्ष २९ का सन्दिप लामा, सोही स्थानका बर्ष ३६ का आईतराम लामा, गोरखा हर्मि घर भएका बर्ष ५० का तेज बहादुर थापा र सोही स्थानकी बर्ष ४५ कि महिला रहेकि छन् ।

उनिहरुलाई उपचारका लागि सुविधभ सम्पन्न अस्पतालतर्फ पठाईएको ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीका प्रमुख सोम प्रसाद ढकालले जानकारि दिए ।

NO COMMENTS