Home समाचार पालुङटारमा गाँजाका बाेट नष्ट

पालुङटारमा गाँजाका बाेट नष्ट

शुक्रबार, कार्तिक १४, २०७७
0
562

 कात्तिक १३, गोरखा। गोरखाको पालुङटार नगरपालिकाको बिभिन्न क्षेत्रमा  प्रहरीले २२ सय भन्दा बढी गाँजाको बोट नष्ट गरेको छ । जिल्लाभर गाँजा फडानी कार्यालाई तिव्र पार्दै आएको प्रहरीले पालुङटार नगरपालिका वडा नम्बर ४ स्थित देवकोटा क्षेत्र र वडा नम्बर १० स्थित लकामकोट क्षेत्रमा गाँजा फडानी गरेको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रमुख प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए ।

स्थानीयबासी सहितको सहभागितामा गाँजा फडानी गरिएको उनको भनाई छ । ईलाका प्रहरी कार्यलय ठाँटिपोखरीमा प्रहरी निरीक्षक ढकाललको ढकालको नेतृत्वमा १० जना प्रहरी सहित जनप्रतिनिधी एवं स्थानीय समुदाय मिलेर देवकोट टोलमा रहेको करिब २ सय बोट गाँजा र लकामकोट क्षेत्रमा रहेको करिब २ हजार बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कानुनले गाँजा खेतीलाई निषेध गरेको र गाँजाको खुलमखुल्ला सेवन गर्न रोक लगाएकाले प्रहरीले जिल्ला भित्र गाँजा बोट फडानी गर्ने कार्यालयलाई तिव्रता दिदै आएको छ । यद्देपी पछिल्लो समय संसदमा समेत गाँजा खेतीलाई व्यवसयिक रुपमा अगाडी बढाउन दिनुपर्ने माग उठ्न थालेको छ ।

NO COMMENTS