मङ्सिर १५, गोरखा । गोरखा जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सोमबार जारी गरको चौथो बिज्ञप्तिमा गोरखा अस्पतालमा ५ जना र जिल्लाको पालुङटार नगरपालिकामा ७ जनामा कोरोना संक्रमणको पुष्टी भएको हो । गोरखा अस्पतालमा बर्ष ५४ र ४३ का २ जना पुरुष, तथा ९०, ८७ र ५० बर्षकी ३ महिलामा कोरोना देखिएको छ ।
पालुङटार नगरपालिकामा ४३ बर्ष र ६६ बर्षका दुई पुरुषमा कोरोना पुष्टी भएको छ । बिज्ञप्तिमा पालुङटार नगरपालिका भित्रै १९, ४०, १३, ४० र ४९ बर्षका ५ जना महिलामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनिहरु सबैमा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा संक्रमणको पहिचान भएको हो । संक्रमित सवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रमा स्वांब परीक्षण गरिएको थियो । तर स्वास्थ कार्यलय गोरखाले भने प्रदेश जनस्वास्थ्य निर्देशनालयले आज पुष्ठि गरेको १२ मध्ये ७ जना भने यस अघि नै संक्रमण पुष्टि भइ आइसोलेसनमा रहेकाहरु भएको जनाएको छ ।