Home Breaking News ओलीकाे स्वेच्छाचारिता विरुद्ध प्रदर्शन गर्न गाेरखामा १००१ सदस्यीय समिति

ओलीकाे स्वेच्छाचारिता विरुद्ध प्रदर्शन गर्न गाेरखामा १००१ सदस्यीय समिति

सोमवार, पुस १३, २०७७
0
376

पुस १३, गाेरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ओलीकाे स्वेच्छाचारिता, संसद बिघटन र प्रतिगामी कदमका बिरुद्ध आन्दोलन गर्न भनेर १ हजार १ सदस्सीय जिल्ला सर्घष समिति गठन गरेको छ । पार्टी कार्यालय पाटेचौरमा आज सम्पन्न जिल्ला कमिटीको बैठकले चरणबद्ध आन्दोलनका लागि सर्घष समिति गठन गरेको अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए । बैठकले आन्दोलनको पहिलो चरण अन्तर्गत पुस १४ गते सदरमुकाममा बृहत जनप्रर्दशन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकपछि  आयोजित पत्रकार सम्मेलनमा उनले पौष १६ र १७ गते पार्टी नगरकमिटि र गाउँपालिका कमिटिको बैठक, भेला र प्रशिक्षण गर्ने, पौष २० गते जिल्लामा रहेका सवै जनबर्गिय संगठन, मेर्चा र जातिय संगठनहरुको भेला गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पौष २२ गते जननिर्वाचित जनप्रतिनिधीहरुको भेला तथा प्रशिक्षण गर्ने, पौष २१ देखि २५ गतेसम्म वडा पार्टी भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको अध्यक्ष थापामगरले जानकारी दिए ।

बैठकले केपी ओलीले गोरखाली कम्युनिष्ट पार्टी आन्दोलनलाई कमजोर बनाउन, क्रान्तिकारी पार्टी र आन्दोलन बिरोधी षडयन्त्र तथा गतिबिधि गरिरहेको भन्दै गलत तत्वका पछि नलाग्न तथा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी जनसमुदायलाई एक ढिक्का हुन आवहन गरेको छ ।

जिल्ला कमिटीको बैठकले नेपाली जनताको ठूलो त्याग बलिदानबाट प्राप्त भएको ऐतिहासिक, राजनीतिक परिवर्तन, संघिय लोकतान्त्रिक गणतन्त्र, नेपालको संबिधान लोकतान्त्रिक व्यवस्था र संसद माथि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट आक्रमण भएको ठहर गरेको छ । बैठक पछि पार्टी अध्यक्ष लेखबहादुर थापाद्धारा जारी प्रेस बिज्ञप्तिमा नेपाली जनताको जनप्रतिनिधी थलो संसद बिधटन गरेर ओली सरकारले असबैधानिक, अलोकतान्त्रिक, निरंकुस, पश्गगामी र स्वेच्छाचारी कदम चालेको उल्लेख छ ।

NO COMMENTS