Home Breaking News आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दु शल्यक्रिया

आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दु शल्यक्रिया

आँखा नदेख्नेहरु देख्ने भएर घर फर्किए

सोमवार, पुस १३, २०७७
0
252

पुस, १३ गाेरखा । गोरखाको पालुङटार नगरपालिका स्थित आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया भएको छ । आँपपिपल अस्पतालको आयोजना र मातृका आई केयर सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा आँखा शिविरको आयोजना गरि मोतिबिन्दु भएका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रशासकिय प्रमुख बाबुराम गिरीले बताए ।

शिविरमा ३० जना पुरुष र १६ जना महिलाको आँखाको शल्यक्रिया गरिएको हाे । ‘करिब ८२ बर्ष उमेरसम्मका मोतिबिन्दु भएका बृद्धबृद्धाहरुको शल्यक्रिया गरिएको छ, प्रमुख गिरीले भने, ‘आँखा देख्न नसक्ने अबस्थामा आएका उहाँहरुले आँखा देख्ने हुनुभएपछि असाध्यै खुशी भएर फर्कनुभयो ।’

शिविरमा उपचारका शल्यक्रिया बाहेक अन्य बिरामीहरुको आँखाको जाँच गराएका थिए । आँखा रोग बिशेषज्ञ डा. किशोरराज प्रधानको नेतृत्वको चिकित्सक तथा स्वास्थकर्मीहरुको टोलीले बिरामीहरुको आँखा परीक्षण सहित शल्यक्रिया गरेको थियाे ।

‘अधिकाँश बृद्धबृद्धा भएकाले अस्पतालले मोतिबिन्दु भएका बिरामीलाई घरबाट अस्पतालसम्म ल्याउन र लैजान निशुल्क यातायातको समेत व्यवस्था गरेको थियाे । हरेक बर्ष नियमित रुपमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालले २ महिनापछि पुनः निशुल्क आँखा शिविर राख्ने गिरीले बताए ।

NO COMMENTS