पुष १३, गोरखा । एक सय १० थान लागू औषध सहित प्रहरीले गोरखा नगरपालिका वडा नम्वर ७ बतासेका नविन नेपालीलाई पक्राऊ गरेको छ । डाइजेपाम ३८ एम्पुल, नुफिन ३७ र फेनारगन ३५ एम्पुल सहित नेपालीलाई आइतवार साँझ पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो वसपार्कमा उनको शरीर खानतलासी गर्दा उनले बोकेको झोलामा सो परिमाणको लागू औषध भेटिएको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले बताए ।
नेपाली विरुद्ध आज जिल्ला अदालतमा लागू औषध मुद्धा दर्ता गरिएको र अदालतबाट २० दिनको म्याद लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।