एक सय १० थान लागु औषध सहित गाेरखामा नेपाली पक्राउ

सोमवार, पुस १३, २०७७
0
454

पुष १३, गोरखा । एक सय १० थान लागू औषध सहित प्रहरीले गोरखा नगरपालिका वडा नम्वर ७ बतासेका नविन नेपालीलाई पक्राऊ गरेको छ । डाइजेपाम ३८ एम्पुल, नुफिन ३७ र फेनारगन ३५ एम्पुल सहित नेपालीलाई आइतवार साँझ पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो वसपार्कमा उनको शरीर खानतलासी गर्दा उनले बोकेको झोलामा सो परिमाणको लागू औषध भेटिएको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले बताए ।

नेपाली विरुद्ध आज जिल्ला अदालतमा लागू औषध मुद्धा दर्ता गरिएको र अदालतबाट २० दिनको म्याद लिई  थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी  निरिक्षक अधिकारीले जानकारी दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here