Home समाचार प्रथम करुवाटार भलिबल कप २०७७ हुँदै

प्रथम करुवाटार भलिबल कप २०७७ हुँदै

मङ्लबार, पुस २८, २०७७
0
488

कल्याणदेवी युवा क्लब घिरिङ ४ तनहुँ करुवाटारले माघेसक्रान्तीको पावन अवसरमा प्रथम करुवाटार भलिबल कप आयोजना गर्न गइरहेको जना छ। २०७७ माघ १ गते बिहान ११ बजेबाट सुरु हुने भलिबल प्रतियोगिताको टिम दर्ता धमाधम भैराखेको क्लबका सक्रिय सदस्य बिनोद रानाभाटले बताउनुभयो । साथै क्लबले प्रतियोगिताको दौरानमा बिबिध सांस्कृतिक कार्यक्रम राखेको ब्यवहोरा जनाएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई रु २५००० नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु १५००० र रु १०००० सङ्गै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगितामा बेस्ट सटर, बेस्ट लिफ्टर र बेस्ट प्लेयरलाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रमलाई सभ्य र भब्य तवरले सम्पन्न गर्नको निम्ति देश तथा बिदेशबाट उत्साहजनक आर्थिक सहयोग भइराखेको ब्यवहोरा क्लबले जनाएको छ ।

NO COMMENTS