Home Breaking News गाेरखामा रुख ढल्दा पाँचथरका राइकाे मृत्यु

गाेरखामा रुख ढल्दा पाँचथरका राइकाे मृत्यु

बुधबार, पुस २९, २०७७
0
292

गाेरखा ।  जिल्लाकाे भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित तान्द्राङमा आफैले काटेकाे रुखले च्याप्दा एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भएका उमेश राईको मृत्यु रहेकाे गाेरखा प्रहरीले पुष्टि गरेकाे छ । १८ बर्षिय राईको घटना स्थलमा नै मृत्यु भएको थियो ।

तान्द्राङका नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा बुधबार राईले आफैले काटेको रुखले च्यापेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

राईले उक्त क्षेत्रमा बिगत १० दिन देखी रुख काट्ने काम गर्दै आएको नरबहादुर सार्कीले बताए । राईको पोष्टमार्टम पछि आफन्तजनलाई शव बुझाईने प्रहरी कार्यालयले जनाएको छ ।

NO COMMENTS