काठमाडौ । कोरोनाको खोप बनाउने पुनेस्थित भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल एक मा आगलागी भएको छ ।
सम्बन्धित अधिकारीहरूले जनाए अनुसार सो इन्स्टिच्युटको चौथो तथा पाँचौं तलमा आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि १० दमकल पुगिसकेको छ ।
खोप बनाउने कम्पनीहरूमा विश्वकै सबै भन्दा ठूलो कम्पनीको रूपमा रहेको सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड अस्ट्राजेनेकाको कोरोना खोपा कोविशील्ड बनाइरहेको छ ।
यो कम्पनी भारतमा मात्रै होइन विश्वका अन्य देशमा खोप निर्यात गर्ने गरेकाले कोरोना खोपका लागि भारत लगायत अन्य देश निर्भर रहेका छन ।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ६ जनाको ज्यान जोगाइसकिएको र झट्ट हेर्दा बिजुलीको गडबडीका कारण आगलागी भएको बताएका छन ।
कम्पनीले बनाएको खोपहरू सुरक्षित रहेको उनले जनाएका छन ।
दुख व्यक्त गर्दै इन्स्टिच्युटका प्रमुख कार्यकारी अदार पुनावालाले घटनामा ज्यान गुमाएका परिवारजन प्रति संवेदना प्रकट गरेका छन ।