जुम्ला, १३ माघ । जुम्लाको तिला गाउँपालिकाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेका छन् ।मंगलबार आगलागीबाट २८ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले आगलागी भएको स्थानतर्फ प्रहरी टोली गइसकेको जनाएको छ । आगो लाग्नुका कारण तथा के कति क्षति भयो भन्नेबारे थाहा नभएको बताइएको छ ।