कुनै दुर्गम गाउँ मा सरिता नाम गरेकी एउटि बालिका बस्दथिन। उनी गरिब परिवारकी एकलौटी सन्तान थिइन । त्यस परिवारले आफ्नी जिवनमा आर्थिक संकट को सामना गर्नु पर्यो। त्यस गाउँ मा केटाकेटी हरु रमाइ रमाइ स्कुल गएको देख्दा सरिता निकै निरास हुन्थिन। उनको गरिबिकै कारणले स्कुल पढ्न नपाउदा उनलाइ नरमाइलो लाग्थ्यो । यि सबै कुरा का बावजुद पनि उनका आमा बुवा को छोरी पढाउने अठोट ले गर्दा उनले सहर गैकन शिक्षा प्राप्त गर्ने अवसर गरिन। उनका आमा बुवा ले ऋणपान गरेर भएपनी उनलाई पढाउने निधो गरेपछी उनी सहर पढ्न का निम्ति गएकी थिइन।
सहरमा एक विध्यालय मा भर्ना भएपश्चात भने उनले निकै समस्या को सामना गर्नुपर्यो। त्यस विध्यालयमा सहपाठी हरु ले उनलाइ उपहास को पात्र को रुपमा लिन थाले। यसरी सहपाठी हरु बाट बार बार को अपमान सहन नसक्दा उनी एक्कासी हतास र निरास हुन पुगिन। तर एक जना सच्चा सहपाठी को साथ र सहयोग पाए पश्चात् भने सरिता को जीवन एक्कासी कायापलट हुन थाल्यो। सरितालाई साथ दिने उनकी साथी ले उनलाइ आफ्नै चेली बेटि सम्झिकन माया साथ दिइन र सरिता सङै जीवन म केही गर्ने अठोट गरिन। सरिता र उनकी साती दुबैले कडा मेहेनत र परिश्रम गरि सफल र असल डाक्टर का रुपमा आफुलै स्थापित गराउन सफल भए। जुन सहपाठी ले सरिता को उपहास गरेका थिए तिनै ले सरिता र उनकै मिलन्सार साथी सङ लज्जित हुँदै दुई हात जोडिकन क्षमा मागे।
एक दिन यस्तो दिन आयो सरिता र उनको मिलन्सार सखी ले सबै दुखी गरिब को सेवा निमित्त आफुलाइ समर्पित गरे । यसरी यस कथा मार्फत हामी अठोत र हिम्मत को शक्ति ले गरिने काम सफल हुन्छ भन्ने कुरा पाठ का रुपमा लिन सक्दछौ। -प्रकृति सापकोटा






