शिर, अचानो र खुकुरीको बीचमा ल, तिमी जाेरले हान, म तिम्रो हैन

आइतवार, माघ ११, २०७७
0
257

तिमी, मान या नमान, म तिम्रो हैन
सकिन्छ, चिया’झैं छान, म तिम्रो हैन

आक्रान्त हृदय वेदी हमला गर्छौ
प्रेम गर्न पनि जान, म तिम्रो हैन

शिर, अचानो र खुकुरीको बीचमा
ल, तिमी जाेरले हान, म तिम्रो हैन

अतितका दस्तावेज पल्टाउदै छु
मलाई टाढाकै ठान, म तिम्रो हैन

चुरोटको धुँवा सरी धमिल साेच
बिन्ती मैतिर नतान, म तिम्रो हैन

लाेचन ‘फूलको थुँगा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here