बारपाक सुलिकोट, फागुन । गोरखाको बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा फाल्गुन १९ गते देखि राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सहिद इन्द्रा थापा स्मृती कप २०७७ नामाकरण गरिएको प्रतियोगिताको आयोजना लालीगुरॅास युवा जागरण क्लवले गर्न लागेको हो । प्रथम पुरस्कार नगद रु ५०,०७७ र द्वितीय पुरस्कार नगद रु २५,०७७ रहेको उक्त प्रतियोगितामा बेस्टप्लेयर , फियर टिम, बेस्टकोच, बेस्ट डिफेन्डर, बेस्ट स्काईप, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेष्ट सर्भरलाई समेत नगद पुरस्कार , कप , प्रमाणपत्र दिईने प्रतियोगिताको संयोजक सरोज थापाले जानकारी दिए ।
फागुन १९ देखि २२ गते सम्म चल्ने प्रतियोगितामा सॅास्कृतिक ,मनोरन्जनात्मक प्रस्तुति साथै रोमान्चक परम्परागत खेलहरु समेत हुनेछ ।
गोरखाको एक स्थानीय तहले यहीँ फागुन १४ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जिल्लाको बारपाक सुुलिकोट गाउँपालिकाले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवसको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष बिष्णुप्रसाद भट्टले दिनुभयो ।
दश बर्षे माओवादी शसस्त्र द्धन्द्धमा २०५२ साल फागुन १४ गते रम्तेलको प्रहरीको गोली लागि ज्यान गएको थियो। जनयुद्धका प्रथम सहित रम्मेतको जन्मथलो समेत रहेका उनको सम्झना सम्मानमा गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको उनले बताए ।
जनयुद्ध सुरु भएको दुई हप्तामै प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रुङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।