Home Breaking News शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश

शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश

शुक्रबार, फाल्गुन २१, २०७७
0
233

फागुन २१, काठमाडौं । शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् ।

नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुलाई भेटेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् । हस्ताक्षर समारोह केहीबेरमा राष्ट्रिय सभागृहमा हुँदैछ । सो समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् ।

 

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीका सदस्यहरुले बिहीबार तीन बुँदे सहमति भएको प्रेस नोट सार्वजनिक गरेका थिए ।

प्रेस नोटमा विप्लव समूहले राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने, सरकारले प्रतिबन्ध फुकाउने तथा सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेजी लगायतका विषय उल्लेख छ । विस्तृत सहमति राष्ट्रिय सभागृहको समारोहबाट सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

NO COMMENTS