Home Breaking News गाेरखाका आाठ हजार बृद्धबृद्धाले लगाए ‘कोभिसिल्ड’ खोप, विहिबारदेखि पाँच पालिकामा...

गाेरखाका आाठ हजार बृद्धबृद्धाले लगाए ‘कोभिसिल्ड’ खोप, विहिबारदेखि पाँच पालिकामा लगाइने

बुधबार, फाल्गुन २६, २०७७
0
220

गोरखा । फागुन २३ गते आइतबारबाट सुरु भएको दोस्रो चरणको कोरोना खोप अभियान अन्तर्गत गोरखामा झण्डै आठ हजार ज्येष्ठ नागरीकले कोरोना भाइरसविरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । जिल्लाका ६ वटा पालिका भित्रका  ७ हजार ९ सय ४९ जनाले कोभिसिल्ड खोप लगाएका हुन् ।

गोरखा र पालुङटार नगरपालिकासहित शहिद लखन, गण्डकी, आजिरकोट र सिरानचोक गाँउपालिका ज्येष्ठ नागरीकले खोप लगाएका हुन् ।  ६५ बर्षमाथीका बृद्धबृद्धालाई खोप लगाएको हो । आज सम्म सञ्चालन हुने यो अभियानमा ६ वटा पालिकाका १० हजार ३ सय ५४ ज्येष्ठ नागरीकलाई खोप लगाइने लक्ष्य रहेको कोल्डचेन निरीक्षक खत्रीले बताए ।

६ वटा पालिका भित्र खोप लगाउनका लागी ५६ वटा खोप केन्द्र तोकिएको छ । यस अभियानमा ४ सय ६२ स्वायंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यलय गोरखाले जनाएको छ ।

यसै अभियानको दोस्रो चरणमा ५५ देखि ६५ बर्षका ब्यक्तिका साथै विद्यालयका शिक्षक, यातायात मजदुर लगायतलाई प्राथमिकतामा राखेर खोप दिइने योजनामा रहेको बताइएको छ । विहिबारदेखि जिल्लाकाे बारपाक सुलिकाेट,आरुघाट, धार्चे, भीसेन थापा र चुमनुब्री गाउँपालिकामा खाेप लगाइने कोल्डचेन निरीक्षक खत्रीले बताए ।

जिल्लाकाे माग १५ हजार रहेकामा करिव ८ हजार डाेज लगाइएकाे र बाँकी रहेकाे खाेप ४ हजार डाेज विहिबारदेखि लगाइने खत्रीकाे भनाइ छ । सरकारले उपलब्ध गराएकाे मात्रा अनुसार खाेप लगाउँदै जाने उनकाे भनाइ छ ।

NO COMMENTS