Home Breaking News गण्डकी गाउँपालिका गोरखामा उद्योग बाणिज्य संघको इकाई गठन

गण्डकी गाउँपालिका गोरखामा उद्योग बाणिज्य संघको इकाई गठन

शुक्रबार, चैत्र १३, २०७७
0
305

गोरखा १३, चैत । गोरखाको गण्डकी गाउँपालिकमा गोरखा उद्योग बाणिज्य संघको इकाई गठन भएको छ । शुक्रबार सम्पन्न भएको गाउँपालिका स्तरीय भेलाले खोमनाथ अधिकारीको अध्यक्षतमा इकाई गठन भएको जनाइएको छ ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा उपाध्यक्षमा ईश्वर बिक, सचिवमा नारायण पन्त, कोषाध्यक्षमा बिकास थापा, सह–सचिबमा पुष्पकुमार गुरुङ चयन हुनुुभएको गोरखा उद्योग बाणिज्यसंघका जिल्ला सदस्य शरण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा सगुन पन्त, ईन्द्र प्रसाद पन्त, हरि शरण श्रेष्ठ, शिब गुरुङ, भरतकुमार श्रेष्ठ,बिष्णु पौडेल, तोपबहादुर गुरुङ र नारायण श्रेष्ठ भएका भएको उनले बताए ।

संघका प्रथम उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, गण्डाी गाउँपालिका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, गोरखा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्रबणकुमार जोशी, कार्यसमिती सदस्यहरु शरण श्रेष्ठ, मानकाजि श्रेष्ठ,अनु श्रेष्ठ लगाएको सहभागिता रहेको थियो ।

NO COMMENTS