लुम्बिनी चैत्र १४
नेपाल खुला बिश्वबिद्धालयको एम फिल तेस्रो सेमेस्टरमा अङ्ग्रेजी शिक्षा तर्फ अध्ययनरत बिध्यार्थिहरुको सोधपत्र लेखन सहजीकरणका निम्ति अनुसन्धानमा तथ्यांक बिश्लेषण कार्यशाला लुम्बिनीमा शनिबारदेखि सुरु भएको छ । Winter (2075) ब्याचका एम फिल तेस्रो सेमेस्टरमा अङ्ग्रेजी शिक्षामा अध्ययरत बिध्यार्थीहरुको आयोजनामा सन्चालन गरिएको कार्यशालाको सहजीकरण नेपाल खुला बिश्वबिद्धालय अङ्ग्रेजी शिक्षाका संयोजक डा. कर्ण रानाले गरिरहनुभएको छ । तेस्रो बर्षका बिद्यार्थी अर्जुन तिवारीले सन्चालन गर्नुभएको औपचारिक कार्यक्रमको सभापतित्व समुहका बिद्यार्थी नेता गोबिन्द पोखरेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता डा. रानाले गर्नुभएको थियो । साथै बुटवल बहुमुखी क्याम्पसका सहायक क्यापस प्रमुख प्रकाश शर्मा पौडेलको आथित्यता रहेको कार्यक्रमका सहभागीहरुले अनुसन्धान कार्यमा यो कार्यक्रम कोषेढुङ्गा साबित हुने बताउनुभएको छ। उच्च शिक्षामा अनुसन्धान तहमा यो क्षेत्रमा भएको कार्यक्रम अहिलेसम्मकै नमुना कार्यक्रम भएको कार्यक्रमका अध्यक्ष गोबिन्द पोखरलले बताउनुभएको छ। दुई दिन सम्म सन्चालन हुने कार्यशालामा सुदुपस्चिमको बैतडीदेखी, गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, तनहुँ , लमजुङ लगायत प्रदेश नम्बर एकको बिराटनगर, साथै पश्चिमका सुर्खेत , बर्दिया, दाङ , बाँके र लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, रुपन्देही आदि जिल्लाहरुबाट २५ भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको छ ।






