Home Breaking News आन्तरिक हवाइ उडान र देशैभरीका विद्यालयहरु बन्द गर्ने मन्त्रि परिषद वैठककाे निर्णय,...

आन्तरिक हवाइ उडान र देशैभरीका विद्यालयहरु बन्द गर्ने मन्त्रि परिषद वैठककाे निर्णय, लकडाउनका लागि अलग्गै नियम

सोमवार, बैशाख १३, २०७८
0
275

काठमाडौँ, १३ वैशाख । सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।

सोमबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित रहेकाे सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताए ।

बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको  गुरुङले बताए ।

सीसीएमसीले पहडमा २ सय र तराईमा ५ सय बढी सक्रिय संक्रमित भए निषेधाज्ञा जारी गरेको थियो । मन्त्रिपरिषदले पनि सोही निर्णय सदर गरेको छ । त्यसैगरी, सबै तहका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न गरिएको सिफारिस पनि पारित भएको छ ।

NO COMMENTS