काठमाडौँ, १३ वैशाख । सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आज बसेकाे मन्त्री परिषद बैठकले देशभरका सामुदायिक र सँस्थागत विद्यालयहरु मँगलबारबाट बन्द गर्ने निर्णय गरेकाे छ ।
सोमबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित रहेकाे सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताए ।
बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको गुरुङले बताए । अटेर गरि विद्यालय खाेलेमा सरकारले हदैसम्मकाे कारवाही गर्ने गुरुङले बताए ।