Home Breaking News सडकमा राेकीराखेकाे बाेलेराे जीप अर्मला भीरबाट बुढीगण्डकी किनारमा खस्दा एक बालक घाइते

सडकमा राेकीराखेकाे बाेलेराे जीप अर्मला भीरबाट बुढीगण्डकी किनारमा खस्दा एक बालक घाइते

बुधबार, बैशाख १५, २०७८
0
411

साँकेतिक तस्वीर

गोरखा । सडकमा  राेकी राखेकाे ग १ ज ७२६४ नम्बरकाे बाेलेराे जीप अर्मला भीरबाट बुढीनदी किनारमा खसेकाे छ । भवानी मावि मान्वु हाेस्टेलमा बसेका विद्यार्थीहरु विद्यालय विदा भएपछी घर जाने क्रममा आज विहानै जीप बाेलाएका जिए । साेतीबाट अर्मला पुगेकाे जीप विद्यार्थी पर्खीरहेकाे अवस्थामा एक्कासी व्याक भएर नदि किनारामा खस्दा जीपमा रहेका  केराैँजा हुलचुक घर भएका १० वर्षिय बालक देवराज घले घाइते भएका छन् ।

जीपमा  रहेका उनलाइ चाेट लागेकाे अवस्थामा जीप चालक सहितका स्थानीयले उद्धार गरी आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका छन् । घटना स्थलमा प्रहरी केहीबेर अघि पुगेकाे छ ।

NO COMMENTS