Home Breaking News गण्डकी गाउँपालिका घ्याल्चोकमा अक्सिजन सहितको १० वेड अस्थायी कोभिड अस्पताल

गण्डकी गाउँपालिका घ्याल्चोकमा अक्सिजन सहितको १० वेड अस्थायी कोभिड अस्पताल

आइतवार, जेष्ठ २, २०७८
0
416

घ्याल्चोक, गाेरखा ।  जिल्लाकाे गण्डकी गाउँपालिकाले घ्याल्चोकमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल तयार पारेको छ । गाउँपालिकाले पछिल्लो समय फैलिरहेको कोभिड १९ भाइरसको दोस्रो भेरियन्ट सङ्क्रमित नागरिकको उपचारका लागि वडा नं. ८ स्थित घ्याल्चोक स्वास्थ्य चौकीमा १० बेडको अस्थायी कोभिड अस्पताल तयार पारेको हो ।

अस्पतालमा मेडिकल अफिसर डा. विकास दुवाडी सहितको मेडिकल टिम र ८ वटा अक्सिजन सिलिण्डर तयारीमा अवस्थामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिए । अस्पतालमा राखिएको बिरामी थप उपचारका लागि अन्यत्र अस्पताल पठाउन सहज हुने भएकाले घ्याल्चोकमा अस्थायी कोभिड अस्पताल बनाईएकाे उनकाे भनाइ छ ।

गाउँपालिकामा ३३ जना सक्रिय कोरोना सङ्क्रमित रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन ।  शाखा प्रमुख श्रेष्ठका अनुसार गाउँपालिकाका ३६ जनामा कोरोना सङ्क्रमण देखिए पनि ३ जना उपचार पछि डिष्चार्ज भएको, ४ जना गाउँपालिका भन्दा बाहिरको अस्पतालमा उपचाररत रहेको बाँकी २९ जना होम आईसोलेसनमा रहेको उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गाउँपालिकाको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा बाहेक गाउँपालिकाको सम्पूर्ण सेवा भने बन्द गरिएकाे पालिकाले जनाएकाे छ ।

NO COMMENTS