Home Breaking News यात्रुवाहक बस खाेलामा खस्दा ४ जनाकाे मृत्यु ४९ जना घाइते

यात्रुवाहक बस खाेलामा खस्दा ४ जनाकाे मृत्यु ४९ जना घाइते

बुधबार, जेष्ठ ५, २०७८
0
238

दाउन्नेमा भएकाे बस दुर्घटना ।

जेठ ५, नवलपरासी। पश्चिम नवलपरासी अन्तरगत पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ भने अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए । घाइते सवेको उद्धार गरि सकिएको उनकाे भनाई छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई बुटवल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको थप बिबरण प्राप्त हुन बाँकी छ ।

NO COMMENTS