गाेरखा । गाेरखा जिल्ला आरुघाट गाउँपालिका घर भइ विदेशमा रहेर व्यवसाय गर्ने युवा व्यवासायि आकाश बञ्जराले सङक्रमणकाे समयमा फ्रन्ट लाइनमा रहेर काम गर्ने सँस्थालाइ मास्क,स्यानिटाइर लगायतका स्वास्थ्य सामग्रि प्रदान गरेका छन् ।
बञ्जराले आफ्नै लगानीमा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी गुल्म, नेपाल पत्रकार महासँघलाइ सामग्री प्रदान गरेका हुन् ।
ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष समेत रहेका बञ्जराले यस अघि आरुघाट गाउँपालिकामा सहयाेग गरेका थिए । केही समय पछि ग्लाेवल गाेरखा समाजले जिल्लाभरका पालिकाहरुलाइ सकेकाे सहयाेग गर्ने गरी काम गरिररहेकाे उनले बताए ।
गाेरखा जेसिज मार्फत उनले आज सामग्री गाेरखामा प्रदान गरेका हुन् । जेसिजका अध्यक्ष प्रविन बस्नेतले तालुक निकायका प्रमखुलाइ उक्त सामग्री हस्तान्तरण गरेका थिए । व्यवसायी बञ्जराले समाजसेवामा याेगदान दिदै आएका छन् ।
हेर्नुहाेस ग्लाेवल गाेरखा समाज परिवारकाे गाेरखाका लागि अभियान