जेठ ६, गाेरखा । शहिदलखन गाउपालिका वडा-७ बुङकोट काहुले भंगार निवासि ६३ वर्षिय पदम बहादुर आलेकाे आज विहान निधन भएकाे वडा कार्यालयले पुष्टि गरेकाे छ ।
गोरखा अस्पतालमा चेकजाज गर्दा कोरोना भाईरस संक्रमण देखिएकाे अस्पतालले जनाएकाे छ । गोरखा अस्पतालमा उपचारको क्रममा रहँदैमा स्वास्थ्य थप जटिल समस्या भई थप उपचारका लागि चितवन भरतपुर अस्पतालमा गएका र उनकाे आज निधन भएकाे हाे । भरतपुरमा भएकाे चेकजाँचका क्रममा काेराेना नेगेटिभ आएकाे अस्पतालले जनाएकाे छ ।