गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकाले विभिन्न ६ वटा शिर्षकमा २२ लाख ७६ हजार ११२ रुपैयाँ राजश्व सङकलन गरेकाे छ । याे रकम २०७७ साउन देखि २०७८ बैशाख सम्मकाे हाे ।
पालिकाले घर बहाल कर ४६ हजार ७७७ रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर ४४ हजार, नक्सापास दस्तुर १ लाख ८१ हजार ४५५ रुपैयाँ, सिफारिस दस्तुर ६ लाख ८६ हजार ३७० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत ४२ हजार ८३६, अन्य सेवा शुल्क १२ लाख ७४ हजार ६७३ रहेकाे पालिकाले जनाएकाे छ ।